सहिदभूमिमा ३० हजार ७ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट
धनकुटा । धनकुटा सहिदभूमिको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिसल्ला र प्रहरी चौकी त्रिवेणी धनकुटाबाट खटिएको प्रहरी टोलिले जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं.-१,३ र ७ को विभिन्न स्थानहरुवाट अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका अन्दाजी ४० रोपनी क्षेत्रफल बाट ३०हजार ७ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार आज उक्त गांजा नष्ट गरिएको जिल्वा प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


