पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौं, २८ मंसीर । आज नेपाल पत्रकार महासंघको निर्वाचन हुदैँछ ।

 

सदस्यता बिबादका कारण  पटक पटक स्थगित हुदैँ आएको पत्रकार महासंघको आज निर्वाचन हुन लागेको हो ।

 

आगामी तीन बर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश बिष्ट, देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा मानिएका छन ।

 

प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलवाट शर्माले उम्मेदवारी दिएकी हुन भने बिष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समुहवाट उम्मेदवारी दिएका हुन । सापकोटा भने स्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा उत्रदैँछन् । 

 

यसैगरी, बरिष्ठ उपाध्यक्षका लागी युनियन र चौतारीवाट दिपक आचार्य तथा सेन्टर र समाजवादी प्रेसवाट रोशन पुरी मुख्यतयाः मैदानमा देखिएका छन् । 
महिला उपाध्यक्षमा नीत पौडेल र गंगा बराल पौडल मैदानमा छन भने समावेशी उपाध्यक्षमा उमेशचन्द्र बागचन्द, मोहन सिंह र सुवास साह बिच मुख्य प्रतिस्पर्धा हुदैँछ ।
उता, महासचिवमा चौतारी र युनियनवाट रामप्रसाद दाहाल, सेन्टर र समाजवादीवाट लेखनाथ न्यौपाने र स्वतन्त्र उम्मेदवारको रूपमा जन्मदेव जैसी मैदानमा देखिएका छन ।

 

यसपटक महासंघमा चौतारी र युनियन तथा सेन्टर र समाजवादी संगठनका उम्मेदवार बिचमा प्रतिस्पर्धा हुने ठानिएको छ ।

 
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।