चौबिसे गाउँपालिका अध्यक्ष र महासंघ उपाध्यक्षलाई मातृ शोक

नारायण कुमार राई,धनकुटा । चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ्ग(लिम्बू) तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी निवर्तमान उपाध्यक्ष हिमाकुमारी चेम्जोङ्गलाई मातृ शोक परेको छ ।

स्व.कृष्णप्रसाद लिम्बूकी श्रीमती तथा अध्यक्ष÷उपाध्यक्षद्वयकी आमा धनलक्ष्मी लिम्बूको २६ गते बुधबार ८१ बर्षको उमेरमा निधन भएको हो ।

साबिक बसन्तटार गाबिस हाल चौबिसे गाउँपालिका वडा नं.८ स्थित अठारसय गाउँकी स्वर्गीय लिम्बूको सोही स्थानमा २७ गते शुक्रबार लिम्बू परम्परा अनुसार अन्तिम संकार गरिएको छ ।

स्वर्गीय लिम्बुकी छोराहरु जेठो छोरा अध्यक्ष सहित माईलो खगेन्द्रकुमार लिम्बू,कान्छो भरतकुमार लिम्बू र क्रमश छोरीहरु पार्वती लिम्बू,सरस्वती लिम्बू र हिमाकुमारी चेम्जोङ्ग(लिम्बू) रहनुभएको छ ।

स्व लिम्बूकी कान्छि छारी हिमाकुमारी चेम्जोङ्ग नेपाल पत्रकार महासंघ कोशी प्रदेशको निवर्तमान उपाध्यक्ष तथा आसन्न महासंघको निर्वाचनको महासंघको महासचिवको उमेद्धार हुनुहुन्छ ।

शोककुल परिवारका सदस्यहरु हाल अठारसय गाउँमा रहेको निजि निवासमा लिम्बू संस्कार अनुसार कर्मकाण्डमा रहनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।