धनकुटा साँगुरीगढीको जंगलबाट वेबारिसे २ थान भरुवा बन्दुक बरामद
धनकुटा, मंसिर २८ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ गढि जंगल स्थितबाट वेबारीसे २ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
मंसिर २७ गते राती इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट खटिएको प्रहरी गस्ती टोलीले लोड गरी राखेको अवस्थामा वेबारिसे २ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।
बरामद गरीएको वेबारीसे भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


