धनकुटाको मधुगंगा महादेवस्थानमा धान्य पुर्णिमा तथा उधौली पर्वको अवसरमा लाग्ने धार्मिक मेला सुरु(भिडियो सहित)

धनकुटा । धार्मिक तथा पर्यटकीय स्थल मधुगंगा महादेवस्थानमा धान्य पुर्णिमा तथा उधौली पर्वको अवसरमा लाग्ने धार्मिक मेला सुरु भएको छ ।

धनकुटा नगरपालिका वडा नम्बर दुइमा रहेको यो धार्मिक स्थलमा मेला भर्न, भाकल छिन्न तथा मधुगंगा महादेवको दर्शको लागि बिभिन्न जिल्लावाट हजारौ भक्तजन आएका छन् । शनिवारवाट सुरु भएको मेला पुर्णिमाको भोलीपल्ट अर्थात सोमवार सम्म सञ्चालन हुने छ ।

मधुगंगा धामको झरनामा नुहाउने र गुफाभित्र शिवलि रहेको महादेवथानमा पूजा गर्ने गरिएको छ । यो मन्दिर मधुखोलाको ६० फिट अग्लो झरना सँगै रहेको करीब ६० फीट लामो प्राकृतिक गुफा भित्र अवस्थित छ र गुफाको अन्तमा शिवलिङ्गको आकृती रहेको छ ।

शिवलिङ्गलाई महादेवको प्रतिक मानी पूजा गर्ने तथा आफले चाहेको वर माग्ने गरिन्छ । त्यस्तै यसैको छेउमा लिङ्गेश्वरी देवीको स्थापना गरीएको छ । मेला लागेको बेला मन्दिरमा भाकल पूरा गर्ने र त्यसो गरेमा मनोकामना पूरा हुने विश्वास रहेको मन्दिरका पुजारी जमानध्वज राईले बताउनु भयो ।

मधुगंगा मन्दिर धनकुटा सदरमुकामबाट करिब १० किलोमिटर पूर्व तर्फ रहेको यो स्थान धनकुटा बजार तथा हिले हुदै यो स्थानमा पुग्न सकिन्छ । मेला भर्न धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, सुनसरी, मोरङ, झापा, सिराहा, सप्तरी लगायत पूर्वका अधिकांश जिल्लाबाट भक्तजनहरु आउने गरेको धनकुटा नगरपालिका वडा नम्बर दुईका वडाध्यक्ष चन्द्रलाल तामाङ्ले जानकारी दिनुभयो ।

तिन दिनमा तिस हजार भन्दा बढि दर्शनार्थीले मन्दिरको दर्शन गर्ने तथा मेला भर्ने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।