धनकुटामा ३ हजार ८ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट
धनकुटा । धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्याालय राजारानी र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं.७ र चौबिसे गाउँपालिका वडा नं.-६को विभिन्न स्थानहरुवाट अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका अन्दाजी ७ रोपनी क्षेत्रफल बाट ३ हजार ८ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार आज उक्त गांजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


