धनकुटामा पिकअप दुर्घटना
धनकुटा,४ पुस । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका ८ मा पिकअप दुर्घटना भएको छ ।
नुनथला स्थित कोशी लोकमार्गमा ईटहरीबाट तेह्रथुम तर्फ कपडा लिएर जादै गरेको प्र-१-०२-००२ च ७०११ नम्बरको पिकअप तुषारोमा चिप्लिइ अनियन्त्रित भइ दुर्घटना भएकाो हो ।
दुर्घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।


