धनकुटामा ४ हजार ४ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट
धनकुटा । धनकुटा जिललाका विभिन्न स्थानहरुमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्याालय राजारानी,इलाका प्रहरी कार्यालय भेडेटार, धनकुटाबाट खटिएको प्रहरी टोलीले जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं.७ र ४ को विभिन्न स्थानहरुवाट अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका अन्दाजी ८ रोपनी क्षेत्रफल बाट ४ हजार ४ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार पुस ४ गते उक्त गांजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


