दुर्गा प्रसाई रिहा भएपछि भमे : लडाइँबाट दुर्गा प्रसाईं भाग्दैन
काठमाडौ । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।
प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। आदेशपछि प्रसाईंलाई रिहा गरिएको प्रहरीले जनाएको छ।
रिहापछि पत्रकारहरुसँग बोल्दै प्रसाईंले आफ्नो लडाइँ जारी रहने बताएका छन्। आफ्नो लडाइँ तस्करहरूसँग भएको हुँदा यो लडाइँबाट दुर्गा प्रसाईं नभाग्ने उनले बताए।
‘यो मेरो जुन लडाइँ छ, तस्करहरूसँगको लडाइँ, यो जारी रहनेछ । यो लडाइँबाट दुर्गा प्रसाईं भाग्दैन’, प्रसाईंले भनेका छ्न।


