धनकुटामा प्रहरी सहायक निरीक्षक परियार मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा प्रहरी सहायक निरीक्षक रमेश परियारलाई मंसिर महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

सर्बोत्कृष्ट घोषित भएका परियार विभागीय मूल्य-मान्यता, आदेश- निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबलका साथ आफ्नो पदीय जिम्मेवारी प्रति पूर्ण बफादार रही जिल्ला धनकुटा, धनकुटा नगरपालिका वडा नम्बर ०९ बस्ने केशव बस्नेतबाट ८ आना जग्गा र ऐ. ऐ. बस्ने घनश्याम बस्नेतबाट ८ आना जग्गा गरी जम्मा १ रोपनी अन्दाजी मुल्य रु.३,००,०००। (तीन लाख ) बराबरको जग्गा मिति २०८१।०८।१९ गते उपलब्ध गराएको र सोही स्थानको किता नम्बर ६४ को ४ रोपनी जग्गा समेत धनकुटा नगरपालिकाद्वारा सिफारिस भई जम्मा ५ रोपनी जग्गा अस्थायी प्रहरी पोष्ट बेलहरा धनकुटाको लागि निःशुल्क जग्गा उपलब्ध गराउनु भएको थियो ।

त्यसका साथै समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी आफ्नो कार्यक्षेत्र भित्र शान्ति सुव्यवस्था कायम राखी आम नागरिकहरु बिचमा प्रहरीको छवि उच्च बनाउने तर्फ उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाइ न्यायाधीश सुरक्षा गार्ड, धनकुटा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट बेलहरा धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश परियारलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०८१ साल मंसिर महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।