धनकुटाको पाख्रीबासमा आज बिद्युत अवरुद्द हुने
धनकुटा,पुष ८ । धनकुटा जिल्लाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गतको ११ केभी पाख्रीबास फिडरमा रहेका पाख्रीबास नगरपालिकाका वडा नं ९ र १० बाहेकका सम्पूर्ण वडा क्षेत्रमा आज बिहान १० बजे देखि दिनको ४ बजेसम्म बिद्युत अवरुद्द हुने जनाइएको छ ।
जिर्ण काठका पोलहरु बदली गर्नु पर्ने साथै मर्मत सुधार गर्नु पर्ने भएकोले उक्त क्षेत्रमा बिद्युत सेवा अवरुद्द हुने नेपाल बिद्युत प्राधिकरणको धनकुटा बितरण शाखाले जनाएको छ ।


