धनकुटाको कागतेमा सुन्तला, एभोकाडो तथा फलफुल महोत्सव सुरु

धनकुटा । स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने उद्येश्यले धनकुटाको कागतेमा सुन्तला, एभोकाडो तथा फलफुल महोत्सव सोमबारबाट सुरु भएको छ।

समृद्धि युवा क्लब, कागतेको आयोजनामा सुन्तला, एभोकाडो तथा फलफुल महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरे । कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख तामाङले यस्तो महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने र कृषकहरूको आयआर्जनमा टेवा पुग्ने बताए । उनले महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धनका साथै फलफुलको बजार विस्तारमा योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष विकास घिमिरेले महोत्सवले कृषिमा आधारित स्थानीय अर्थतन्त्रलाई सबल बनाउने र युवाहरूलाई उत्पादनशील क्षेत्रमा आकर्षित गर्नेमा जोड दिए । त्यस्तै, उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवले उद्योग र व्यवसायका लागि नयाँ सम्भावना उजागर गर्ने उल्लेख गर्दै यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले महोत्सवले धनकुटाको उत्पादनलाई बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा बोल्ले अधकांस बक्ताले यस्ता महोत्सवले स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजको प्रद्धशनी र बजारीकरणमा सहयोग पुग्ने हुदा यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने धारणा राखेका थिए । पुस २० गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय कृषकहरूका उत्पादनलाई बजारमा पुर्याउनुका साथै नयाँ नयाँ सम्भावनाको खोजी गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ। महोत्सवमा सुन्तला, एभोकाडो र अन्य फलफुलका परिकार, प्रदर्शनी र बिक्रीका स्टलहरु समावेश गरिएको छ।

कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले महोत्सवको सफलताको कामना गर्दै यस्ता कार्यक्रमहरूले क्षेत्रीय विकासमा सकारात्मक प्रभाव पार्ने धारणा राखेका थिए। महोत्सवले कृषक, व्यवसायी र सर्वसाधारणबीच सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। महोत्सव समृद्धि युवा क्लबको पहलमा स्थानीय सरकार र समुदायको सहकार्यमा आयोजना गरिएको क्लवका अध्यक्ष माहन खानले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।