धनकुटामा अल नेपाल होमियोप्याथिक एसोसिएसनको ७५औं वार्षिक साधारणसभा तथा हिरक जयन्ती सम्पन्न

धनकुटा । अल नेपाल होमियोप्याथिक एसोसिएसनको ७५औं वार्षिक साधारणसभा तथा हिरक जयन्ती धनकुटामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन प्रदेश सांसद एवं पूर्व अर्थराज्यमन्त्री निरन राईले गरेका छन । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद निरन राईले होमियोप्याथिक उपचार विधिको महत्व उजागर गर्दै यसले आम नागरिकको स्वास्थ्य सेवामा पहुँचलाई सुलभ बनाउने उल्लेख गरे। उनले संस्थाको ७५ वर्षको योगदानको प्रशंसा गर्दै आगामी दिनमा होमियोप्याथिक क्षेत्रको विकासमा सरकारको नीतिगत सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

अध्यक्ष खगेन्द्र कटवालले एसोसिएसनले विगत सात दशकभन्दा लामो समयदेखि देशभर होमियोप्याथिक सेवाको विस्तार गर्दै नागरिक स्वास्थ्य सुधारमा खेलेको भूमिकाबारे जानकारी गराए । नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष बिदुर खवासले यस प्रकारका कार्यक्रमले स्वास्थ्य क्षेत्रमा समर्पित संस्था र सरोकारवालाबीच सहकार्यको वातावरण सिर्जना गर्ने बताए ।

कार्यक्रममा पूर्व अध्यक्ष र प्रदेश अध्यक्षहरूले संस्थाको ऐतिहासिक योगदानबारे चर्चा गर्दै होमियोप्याथिक क्षेत्रमा गरिएका प्रगतिहरूको समीक्षा गरे। साधारणसभामा संस्थाका सदस्यहरू, विशेषज्ञहरू, र अन्य सहभागीहरूले होमियोप्याथिक क्षेत्रको आगामी योजना, चुनौती र सम्भावनाबारे छलफल गरेका थिए।

कार्यक्रमले होमियोप्याथिक उपचारको प्रचारप्रसार गर्दै यस क्षेत्रको दीर्घकालीन विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। एसोसिएसनले आफ्नो ७५औं वार्षिकोत्सवलाई इतिहासकै महत्वपूर्ण कोसेढुंगा ठहर गरेको अध्यक्ष कटुवालले जाकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।