प्रदेश उद्योग मन्त्रीसंग धनकुटा औद्योगिक ग्रामको विकासको वारेमा छलफल

धनकुटा । कोशी प्रदेश सरकारका उद्योग कृषि एवंम सहकारी मन्त्री खगेन सि हाङगाम र सोही मन्त्रालयका सचिव शरण कुमार पाण्डेसंग धनकुटा औद्योगिक ग्राम संचालन समितिका अध्यक्ष सहितको टोली वीच उद्योग,तथा कृषि विकासका विषयमा छलफल भएको छ ।

धनकुटा औद्योगिक ग्राम संचालन समितिका अध्यक्ष तिलक महल लगायतको टोलि मंत्रलायमा पुगि मंगलवार उद्योग,तथा कृषि विकासका विषयमा छलफल गरेको हो ।

छलफलमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,संचालन समितिका सदस्य सचिव माधव बास्कोटा,सदस्य कविता राई लगायतका प्रतिनिधिहरुले मंन्त्री हाङगाम र सचिव पाण्डे लाई औद्योगिक ग्राममा हालसम्म खानेपानी र विद्युतको आपूर्ती हुन नसक्दा उद्योगहरु संचालन हुन नसक्नुको कारण र उद्योग संचालन गर्न सहयोग गर्न माग गर्दै धनकुटाको समग्र उद्योग र कृषि क्षेत्रको विकासको लागि विशेष योजना ल्याउन माग गरे ।

मन्न्त्री हाङगाम र मन्त्रालयका सचिव पाण्डेले औद्योगिक ग्राममा अव उद्योगहरु संचालन गर्न सहयोग गर्ने, धनकुटाको समग्र कृषि र उद्योगहरुको विकासका लागि बजेटको विशेष व्यवस्था गर्ने वताएको टोलिले जनाएको छ । छलफलमा मन्त्री हाङगामका स्वकिय सचिव अशोक आङवुहाङ समेतको उपस्थिति थियो ।

कोशी प्रदेश सरकारका उद्योग कृषि एवंम सहकारी मन्त्री हाङगामले सोमवार धनकुटा औद्योगिक ग्राम स्थगत अवलोकन गनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।