धनकुटाकी समिता त्रिभुवन विश्वविद्यालय ‘टप’
धनकुटा । धनकुटाकी एक बिद्यार्थीले त्रिभुवन विश्वविद्यालयमै उच्च अंक प्राप्त गरेकी छिन् ।
धनकुटाको लिबर्टी कलेजकी विद्यार्थी समिता ढुङ्गेलले २०७९ सालको बिबिएस कार्यक्रममा ८०.७ प्रतिशत प्राप्ताङ्क सहित त्रिभुवन विश्वविद्यालय ‘टप’ गरेकी हुन् ।
बिद्यार्थी ढुङ्गेलआगामी दीक्षान्त समारोहमा ने.बै.लि. छत्र बहादुर पदकबाट सम्मानित हुने भएकी छिन् ।


