धनकुटामा ट्रक दुर्घटना
धनकुटा । धनकुटामा ट्रक दुर्घटना भएको छ ।
जिल्लाको धनकुटा नगरपालिका ४ स्थित स्कुल डांडामा हिलेबाट धरान जांदै गरेको ना ६ ख १६५९ नम्बरको ट्रक गएराति दुर्घटना भएको हो ।
गोलिया बोकेको ट्रक अनियन्त्रित भइ पल्टिंदा चालक छथर जोरपाटीका ३३ बर्षिया प्रज्चल तामांग घाइते भएका छन् ।
घाइते तामांगको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


