धनकुटा जिल्ला अस्पतालमा पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमाको भ्रमण,स्वास्थ्य बीमालाई प्रभाकारी बनाउन सुझाव
धनकुटा, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ एवं संघीय सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तोशिमा कार्कीले स्वास्थ्य वीमालाई प्रभावकारी बनाउनु पर्ने बताएकी छन् ।
बुधबार जिल्ला अस्पताल धनकुटाको अवलोकन भ्रमण गर्दै कार्कीले यस्ताे बताएकी हुन् । भ्रमणका क्रममा पूर्वमन्त्री कार्कीले अस्पताल प्रमुख अमिताभ ठाकुरसँग अस्पतालको वर्तमान अवस्थाबारे विस्तृत छलफल गरिन्।
अस्पताल प्रमुखले दरबन्दी, रक्त सञ्चार केन्द्र र स्वास्थ्य बीमाको हालको स्थितिबारे जानकारी गराएका थिए। मन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रमबाट कुनै पनि नागरिक वञ्चित हुन नपाउने गरी सेवा प्रवाह गर्न अस्पताल प्रशासनलाई सुझाव दिइन्।
भ्रमणकै क्रममा मन्त्री कार्कीले अस्पतालमा उपचाररत बिरामीहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् साथै उनले बिरामीहरूको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।


