धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न,विभिन्न ऐनहरू पारित गर्नुका साथै नगर कार्यपालिकाका निर्णयहरू अनुमोदन

धनकुटा, १० पुस । धनकुटा नगर सभाको १५ औं अधिवेशन सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङको अध्यक्षतामा भएको सभाले विभिन्न ऐनहरू पारित गर्नुका साथै नगर कार्यपालिकाका निर्णयहरू अनुमोदन गरेको छ ।

सभाले धनकुटा नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को संशोधित विनियोजन ऐन, दृष्टिबन्धक समस्या समाधान सम्बन्धी कार्यविधि, प्रज्ञा प्रतिष्ठान ऐन, खानेपानी सरसफाइ तथा स्वच्छता ऐन, राजस्व ऐन, सवारी तथा यातायात व्यवस्थापन ऐन, आधारभूत स्वास्थ्य (सञ्चालन तथा व्यवस्थापन) ऐन पारित गरेको छ । त्यस्तै, २०८१ साउन १ देखि पुस ७ गतेसम्म नगर कार्यपालिकाले गरेका निर्णयहरू नगर सभाले अनुमोदन गरेको छ ।

कार्यपालिकाबाट स्वीकृत भई सभामा पारित गर्नका लागि उपप्रमुख भीमादेवी खनालले संशोधित विनियोजन ऐन प्रस्तुत गरेकी थिइन् । पारित कार्यविधि तथा ऐनहरू विधायन समिति सदस्यहरू रसबहादुर राई, कृष्णमाया श्रेष्ठ, जमसेर राई, टंक रोइला, मन्जु कार्की र मनकला लिम्बुले प्रस्तुत गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖