रास्वपा पाख्रिबास नगर कमिटी कार्यालयको सांसद तोसिमा कार्कीले गरिन् उद्घाटन
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी पाख्रिबास नगर कमिटी कार्यालयको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
पार्टी संगठन विस्तार अभियान अन्तर्गत पूर्वी पहाडी जिल्लाहरुको दौडाहामा रहेकी पूर्व स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा. तोसिमा कार्कीले घण्टी बजाएर कार्यालयको औपचारिक रुपमा उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा रास्वपा पाख्रिबास नगर कमिटीका पदाधिकारी सदस्य साथै स्थानियबासीको उपस्थिति रहेको थियो ।


