धनकुटाबाट बैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष केही कम
धनकुटा,१२ पुष । धनकुटाबाट आर्थिक बर्ष २०८०-०८१ मा धनकुटाबाट स्विकृति लिएर ६ हजार ३ सय ५८ जना बैदेशिक रोजगारीमा गएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
आप्रवासी स्रोत केन्द्र धनकुटाले अन्तराष्ट्रिय आप्रवासन दिवशको अवसरमा धनकुटामा सरोकारवालहरुसँगको गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
धनकुटाबाट रोजगारीका लागी ५ हजार ५ सय ९ पुरुष र ८ सय ४९ जना महिला वैदेशीक रोजगारीमा गएको पाइएको हो ।
केन्द्रको तथ्याङ्क अनुसार गएको २०७९-०८० मा वैदेशीक रोजगारीको सिलसिलका बाहिर जानेको संख्या ७ हजार ७ सय ८४ रहेको थियो । जसमध्ये पुुरुष ६ हजार ९ सय १ र महिला ८ सय ८३ रहेको थियो अघिल्लो वर्षको तुलनामा यस वर्ष केही कमी रहेको आप्रवासी स्रोत केन्द्रकी सुचना अधिकृत मञ्जु राईले जानकारी दिईन् ।


