मानव अधिकारका लागि महिला एकल महिला समूह धनकुटाको अध्यक्षमा श्रेष्ठ चयन

सर्मिला राई,धनकुटा । मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR)धनकुटाकाे अध्यक्षमा ईश्वरी श्रेष्ठ चयन हुनुभएकाे छ ।

`बैवाहिक स्थितीकाे आधारमा विभेद नगराै´ भन्ने नाराका साथ आज हिलेमा सम्पन्न ८ आै साधारण सभा तथा अधिवेशनबाट उहाँलाइ अध्यक्षमा पुन: चयन गरेकाे हाे ।

समूहकाे उपाध्यक्षमा तुलसा दाहाल,सचिवमा पेमा लामा, सहसचिवमा मेनुका श्रेष्ठ र काेषाध्यक्षमा निलम आठपहरिया रहेका छन् ।
अन्य सदस्यहरुमा तिलरुपा थापा, मिना राई,कान्छी शेर्पा,संगिता लिम्बू,कुमारी गुरुङ,हिरा थापा लगायत रहेका छन् ।

सभामा बाेल्दै संस्थाका काेशी प्रदेश अध्यक्ष तथा सभाका विशेष अतिथि मिना तुम्बा राईले संस्थाले अहिले सम्म गरेका कामहरुकाे विषयमा जानकारी गराउनु भएकाे थियाे । प्रदेश अध्यक्ष राईका अनुसार याे संस्थाले अहिलेसम्म एकल महिलाहरुकाे हक अधिकारका लागि आवाज उठाउदै उनिहरुलाई अवलाेकन भ्रमण लाने, क्षमता विकासका तालिमहरु दिने, च्याउखेती तालिम, लेखा सम्बन्धि तालिम, अस्पतालका विरामीहरुलाई पाैष्टिक आहार वितरण, एकल महिलाका नानीहरुलाई छात्रा वृती वितरण गर्ने जस्ता कामहरु गर्दै आएकाे छ ।

सभामा संस्थाका निवर्तमान अध्यक्ष श्रेष्ठले सांगाठनिक प्रतिवेदन र काेषाध्यक्ष निलम आठपहरियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । नव गठित समूहमा केही पालिकाबाट पदाधिकारी एवं सदस्य थप गर्न बाँकी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।