धनकुटाको पाख्रिबासमा यस्तो छ तमु ल्होसारको तयारी(फोटो फिचर)
धनकुटा , १३ पुस । गुरुङ समुदायले आउने सोमवार तमु ल्होसार चाड मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार चाड मनाउने गर्छन् ।
यसै अवसरमा जिल्लाको पाख्रिबास नगरपालिका ४ स्थित बौद्द गुम्बामा पनि ल्होसारको तयारी तीब्र चलिरहेको छ । गुरुङ समुदायको बाहुल्यता रहेको यस वडामा अवस्थित गुम्बामा पुजाआजा तथा मनोरंजनात्मक कार्यक्रमको आयोजना गरि हरेक बर्ष ल्होसार मनाइदै आएको छ ।
तमु भन्नाले गुरुङ समुदायलाई चिनाउंदछ भने ल्होसार भन्नाले नयां बर्ष भन्ने अर्थ लाग्ने गर्दछ ।तमु ल्होसार यस बर्ष सर्प बर्ग(सप्री -ल्हो) को बर्ष हो । गुरुङ समुदायमा १२ बर्ग(ल्हो) रहेका छन् ।
हरेक बर्ष जस्तै यो बर्ष पनि (सप्री-ल्हो) बर्ष सबैलाई शुभ होस् भनि तमु गुरुङ पराम्परा अनुसार गुरुङ पुरोहित(खेगी) हरुद्वारा पुष १४ गते रातको १२ बजे दु:ख,दोखलोको ग्रह दशा शान्ति पूजा गरि पुष १५ गते नयां बिहानीको झुल्के घाममा नयां बर्षको स्वागत गरि ल्होसार मनाउने कार्य गरिन्छ ।
सरकारले तमु ल्होसार पर्वको अवसरमा सोमवार सार्वजनिक बिदा पनि दिएको छ ।
ल्होसारको तयारी तस्बीरमा :










