मदिरा तथा थोक व्यावसायी संघ धनकुटाको अध्यक्षमा शाक्य
धनकुटा । मदिरा तथा थोक व्यावसायी संघ धनकुटाको शनिवार पर्यटकिय स्थल भेडेटारमा सम्पन्न प्रथम साधारण सभा एवं अधिवेशनले दिजेश शाक्यको अध्यक्षतामा नया नेतृत्व निर्वाचित गरेको छ ।
नेपाल मदिरा व्यावसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा,,सागुरीगढी गाउपालिका अध्यक्ष जितेन्द्र राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले संय’’क्त रुपमा अधिवेशनको उद्घाटन गर्दै मदिरा व्यवसायीहरुले सवैभन्दा वढी सरकारलाई राजश्व बुझाउदै आएको वताउदै सरकारले समेत मदिरा व्यावासायीहरुलाई कर नीतिका वारेमा सहजीकरण गर्नु पर्नेमा जोड दिए ।
सभामा सागुरीगढी गाउपालिका वडा नं ५ का वडाध्यक्ष खड्ग लिम्बु,६ नम्वरका वडाध्यक्ष दिपक मगर,भेडेटार होटल एशोसिएसनका अध्यक्ष तुपराज लिम्बु नेपाल मदिरा व्यवसायी महासंघका सचिव, कोषाध्यक्ष, केन्द्रिय सदस्यहरु,प्रदेश अध्यक्ष,धरानका अध्यक्ष लगायते समेत शुभ कामना मन्तव्य राखेका थिए ।
मदिरा तथा थोक व्यावासयी संघ धनकुटाको प्रथम अधिवेशन तथा साधारण सभाबाट समितिको अध्यक्षमा दिजेश शाक्य,,उपाध्यक्षमा मदन खुलाल,महासचिवमा उत्सव कटेल,सचिव निरज श्रेष्ठ,कोषाध्यक्ष जनक पाण्डे र सदस्यहरुमा दिपक प्रधान,प्रकाश तामाग,बेद वहादुर राना,नगेन्द्र वस्नेतलाई निर्वाचित गरेको छ ।
त्यसैगरी समितिको सल्लाकारहरुमा विजय सन्तोषी राई,उमेश घिमिरे,लालचन्द्र गोङ्वा,रुकमान तामाङ र मनकुमारी तितुङलाई चयन गरेको छ ।
सभामा मदिरा तथा थोक व्यावसायी संघ धनकुटाको तर्फबाट खुकुरी रम दि डिस्टीलरीका बजार प्रतिनीधि तुलसी अधिकारीलाई सम्मान गरिएको थियो ।


