धनकुटा सहिदभूमिका एक जना गांजा र निषेधित औषधी सहित पक्राउ
धनकुटा ,पुस १५ गते । लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।
धनकुटाको शहिदभूमी-६ का २४ बर्षीय मिलन राईलाई १ किलोग्राम गाँजा, निषेधित औषधी ९ पिस सहित इलाका प्रहरी कार्यलाय छिन्ताङले पक्राउ गरेको छ ।
त्यसैगरि झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापा वुद्धशान्ती गाउँपालिका-४ का २१ बर्षीय पुर्शुराम राईलाई २ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले भोजपुर हतुवागढी-३ का २२ बर्षीय निकश राईलाई १ किलो ४०० ग्राम गाँजा सहित पक्राउ गरेका छन् ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको छ ।


