धनकुटाको भेडेटारमा भोलिबाट फुड फेस्टिबल
धनकुटा,१५ पुष । कोशी प्रदेश कै पर्यटकीय स्थलको रुपमा रहेको धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर भोली बाट फुड फेस्टिवलको हुने भएको छ ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा भोली पौष १६ देखि १८ गतेसम्म फुड फेस्टिवल हुने छ । कोशी प्रदेशकै प्रमुख पर्यटकीय स्थल भेडेटारमा अंग्रजी नयाँ वर्षको अवसरमा हरेक वर्ष फुडफेस्टिवल आयोजना हुदै आएको र यो बर्ष समेत अंग्रेजी नयाँबर्षको अवसर पारेर फेस्टिवल आयोजना गरिएको होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताए ।
तीन दिनसम्म आयोजना हुने फेस्टिवलमा स्थानीय खानाका परिवार, स्थानीय अर्गानिक खेतीबाट उत्पादीत तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिने आयोजक होटल एशोसिएसन भेडेटारले जनाएको छ । यस वर्ष आयोजना हुने फेस्टिवल १२ औं संस्करणको हो ।


