धनकुटामा २१ हजार ४ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट
धनकुटा,पुष १७ । धनकुटा जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोट नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय छिन्ताङ , इलाका प्रहरी कार्यालय राजारानी,प्रहरी चौकी त्रिवेणी र प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलिले जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं.-१,५ र ६ चौबिसे गाउँपालिका वडा नं.-५ को विभिन्न स्थानहरुवाट अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका अन्दाजी ३६.५ रोपनी क्षेत्रफलबाट २१ हजार ४ सय गाँजाका बोट फडानी गरी जलाई नष्ट गरिएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अनुसार आज उक्त गांजाको बोट नष्ठ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


