भेडेटारमा आयोजित तीन दिने खाना महोत्सव सम्पन्न
धनकुटा,१८ पुष । कोशी प्रदेश कै चर्चित पर्यटकिय क्षेत्र धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ बर्ष २०२५ को अबसरमा मंगलबार बाट तीन दिने खाना महोत्सव सम्पन्न भएको छ ।
अंग्रेजी नयाँ बर्षको अवसरमा होटल एसोसिएसन भेडेटारको आयोजनामा भएको तीने दिने खाना महोत्सव बिहिबार सम्पन्न भएको हो । महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका स्टल रहेका छन् ।
फेस्टिवलमा नेपाल भारत सहित विभिन्न देशबाट पर्यटकहरु भेडेटार आएका थिए । फेष्टिवलमा पर्यटकहरुले स्थानिय जातिय परम्परागत खानेकुराहरुको स्वाद लिनका साथै भेडेटारका पर्यटकीय स्थलहरु घुमेर मनोरञ्जन लिनका साथै उहाँका पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण उपलब्धी भएको होटल एसोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले बताए ।


