कोशी प्रदेशमा प्रकोप जोखिम क्षेत्रहरुको विद्युतिय नक्साङकन र विपद् पार्श्वचित्र निर्माण अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनकुटा,पुष १९ । कोशी प्रदेशका १४ वटा जिल्लाका १३७ स्थानीय तहहरूमा विद्यमान प्रकोप जोखिमहरू पहिचान गरी क्षमताहरूको विश्लेषण गर्न र प्रदेशको विपत् व्यवस्थापनको पाश्र्वचित्र निर्माण गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजना तथा जिल्ला प्रशासन कार्यालय धनकुटाको समन्वयमा आयोजित कार्यक्रममा धनकुटा जिल्लाका प्रमुख एवं स्थानीय तहका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूलाई प्रकोप जोखिम क्षेत्रहरूको विद्युतीय नक्साङ्कन विधि र प्रदेशस्तरीय विपत् पाश्र्वचित्र निर्माणको प्रक्रियाबारे जानकारी गराइएको थियो। स्थानीय तहका प्रतिनिधिहरूले आफ्ना क्षेत्रमा प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि आवश्यक तयारी र स्रोतसाधनहरूको उपयोगबारे आफ्नो अनुभव र सुझाव आदानप्रदान गरे।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख बाबुराम लुईटेलले प्रकोप जोखिम न्यूनीकरणका लागि स्थानगत क्षमताको विकास र समुदायको सहभागिताको महत्वमा जोड दिएका थिए। उनले, विद्युतीय नक्साङ्कन प्रणालीले जोखिम क्षेत्रहरूको स्पष्ट पहिचान गर्न सहयोग पु¥याउने विस्वास व्यक्त गरे ।

धनकुटा जिल्लाका जिल्ला समन्वय प्रमुख निरन तामाङ र प्रमुख जिल्ला अधिकारीले यस प्रकारका अन्तरक्रियात्मक कार्यक्रमहरूले स्थानीय तहहरूलाई प्रकोप व्यवस्थापनमा थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। यस अवसरमा स्थानीय तहका प्रतिनिधिहरूले जोखिम न्यूनीकरण र विपत् व्यवस्थापनको क्षेत्रमा प्राविधिक ज्ञान र क्षमता विकासका लागि थप कार्यक्रमको आवश्यकता रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा धनकुटा जिल्लाका विभिन्न क्षेत्रहरूको प्रकोप जोखिमको वर्तमान स्थिति र त्यसलाई व्यवस्थापन गर्नुपर्ने प्राथमिकताहरूको मार्गचित्र तय गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।