पाख्रीबास स्थित कृषि क्याम्पसमा अण्डर ग्रेजुएट ली संगोष्ठी कार्यक्रम
धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पस प्राकृतिक स्रोत व्यवस्थापन कलेज, पाख्रीबासले प्रथम अण्डर ग्रेजुएट ली संगोष्ठी कार्यक्रम आयोजना गरिएको छ ।
बिद्यार्थीको अध्ययान तथा अनुसन्धानमा सहयोग तथा उत्साह प्रदान गर्ने उदेश्यका साथ कृषि तथा वन विश्वविद्यालयमा पहिलो पटक कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख निराजन भण्डारीले जानकारी दिनुभयो । सो क्रममा बि.एस्सी कृषिको आठौ तहमा अध्ययनरत ५२ जना विध्यार्थीले विभिन्न विधामा आफ्नो अनुसन्धान पेपर प्रस्तुति गरेका छन ।
उनिहरुले अध्यायनको क्रममा गरिएको अनुसन्धान सार्बजानिक गरेका हुन् । क्रार्यक्रममा कृषि तथा वन विग्यान विश्वविद्यालयका प्राध्यापक डा. सुन्दर तिवारी र राष्ट्रिय बंगुर अनुसन्धान क्रायक्रमका वैज्ञानिक अन्जय कुमार शाहले आफ्नो अनुसन्धान समेत प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा विभिन्न अनुसन्धानका कार्यालयबाट प्रमुखहरुको उपस्थिती थियो ।


