धनकुटाका स्थानीय स्तरका उद्योग समस्यामा परेको उद्यमीको गुनासो
धनकुटा,२२ पुष । धनकुटाका उद्यमीहरुले लघु, घरेलु र साना उद्यमीले सरकारको दोहोरो तेहेरो कर प्रणाली, सहुलियतकर्जाको अभाव र लगानी सुरक्षाको वातावरण नहुँदा स्थानीय स्तरका उद्योग समस्यामा परेको गुनासो गरेका छन् साथै स्थानिय उत्पादन लाई प्राथमिकता दिन र स्थानिय कच्चा पदार्थको प्रयोगका लागि नितीगत निर्णय गरिदिन माग गरेका छन् ।
घरेलु तथा साना उद्योग कार्यलय धनकुटाले धनकुटामा सोमबार गरेको औद्योगिक लगानी र रोजगारी सिर्जना बिषयक अन्र्तकृया कार्यक्रममा उद्यामीहरुले यस्तो बताएका हुन् । उद्यमीहरुले मूल्य अभिबृद्धिकर, अन्तशुल्क, आन्तरिक राजश्व, स्थानीयतह र प्रदेश सरकारले तोकेका करको भारले आफूहरु पलायनको स्थितीमा पुगेको गुनासो गरेका छन् ।
उनिहरुले लघु, घरेलु र साना उद्योग प्रवद्र्धनका लागि संघ, प्रदेश र स्थानीय सरकारले नितीगत ब्यबस्थामा सुधार आवश्यक भएको बताएका हुन् । औद्योगिक वातावरण नभएकै कारण धनकुटामा उद्योग दर्ता, नविकरणको दर घटेर खारेजीको दर बढेको उनिहरुको भनाई छ । बिगत आर्थिक बर्षमा ६ सयको हाराहारीमा नयाँ उद्योग दर्ता हुने गरेको धनकुटामा गत आर्थिक बर्षमा त्यो संख्या घटेर १ सय २२ मा सिमित भएको छ । उद्यामीहरुलाई सहयोग र सुविधा दिन धनकुटामा औद्योगिक ग्राम समेत संचालनमा ल्याइएको बास्कोटको भनाई थियो ।
कार्यक्रममा सहभागीहरुले दिगो बजारको ब्यबस्थापन नभए सम्म उद्यमी जहिलै समस्यामा पर्ने भन्दै दिगो बजारको ब्यबस्थापन गरिदिन आग्रह समेग गरेका छन् । कार्यक्रमम सहभागी घरेलु तथा साना उद्योग कार्यलय, उद्योग वाणिज्य संघ , जिल्ला समन्वय समिती कार्यलयका प्रमुख तथा प्रतिनिधीले उद्यमीका समस्या बारे सरोकार निकाय सम्म उद्यमीका गुनासो र सुझाव पु¥याउने बताए ।


