साहित्यकार सुरेन्द्र महर्जनको खेलमैदान हाइकु सङ्ग्रह सार्वजनिक
काठमाडौ । ओएसनेपालको आयोजनामा वरिष्ठ साहित्यकार एवं हाइकुकार प्रा. पुष्कर लोहनीबाट एक समारोहबीच खेलमैदान (हाइकु सङ्ग्रह) सार्वजनिक गर्नुभयो । वरिष्ठ साहित्यकार, कवि, गीतकार एवं हाइकुकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उक्त पुस्तक ओएसनेपालबाट प्रकाशित भएको हो ।
कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रा. पुष्कर लोहनीले विक्रम सम्बत् २०५६ सालमा साहित्यकार सुरेन्द्र महर्जनलाई भेटेपछि आजसम्म पनि हाम्रो भेट हुँदै गरेको र आगामी आउने दिनमा मेरो र सुरेन्द्रको संयुक्त हाइकु सङ्ग्रह पनि प्रकाशित गर्ने सोच बनाएको छु । उहालाई साहित्य, कला र चित्रकारिताको शुभकामना दिनुभयो ।
कार्यक्रममा प्रकाशकको तर्फबाट विवेक कार्कीले करिब दुई दर्जन कृति ओएसनेपालबाट साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को कृतिहरू निरन्तर प्रकाशित गर्दै रहेकोे र आगामी दिनहरूमा पनि मौका मिलेको खण्डमा उहाँको कृति प्रकाशित गर्दै रहने जानकारी गराउनु भयो । कार्यक्रममा राजेन्द्र बस्नेत, रामचन्द्र कोइराला, निमेश के. सि, अष्ट महर्जन र गायक/कलाकार चिरञ्जीवी भण्डारीले पुस्तकको बारेमा बोल्नुभएको थियो ।


