धनकुटामा सवारी दुर्घट्ना हुन नदिन व्यस्त शहर क्षेत्रमा ट्राफिक ऐना
धनकुटा । सवारी दुर्घट्ना न्यूनिकरणका लागि धनकुटा नगरपालिकाको व्यस्त तथा बढी चहलपहल हुने क्षेत्र धनकुटा ७ को विभिन्न मोडहरुमा ट्राफिक ऐना (Convex Mirror) राख्ने कार्य शुरु गरिएको छ ।
वडाको आर्थिक सहयोगमा तयार गरिएको ट्राफिक ऐना विभिन्न मोडहरुमा राख्न धनकुटा नगरपालिका वडा नं ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ लगायत विशिष्ट व्यक्तीहरुले शुभारम्भ गरेका हुन् ।
पालिकाको अत्यन्तै व्यस्त र चहलपहलको क्षेत्र धनकुटा बसपार्कबाट मुख्य बजार क्षेत्र प्रवेश गर्ने चौक,,त्रिवेणी चौक,मदन चौक,,अस्पताल क्षेत्र चुवाको बोट चौक,चार चौतारा चौक, अहिलेको जिल्ला प्रहरी कार्यालय धनकुटा अगाडीको चौक तथा मोडहरुमा धनकुटा नगरपालिका वडा नं ७ को लगानी र सहयोगमा सावारी आवात जावातलाई व्यवस्थित र सजिलो बनाई सवारी दुर्घट्ना हुन नदिनका लागि ट्राफिक ऐना राख्ने अभियानको बसर्पाकबाट धनकुटा बजार क्षेत्र प्रवेश गर्ने मोडमा धनकुटा नगरपालिका वडा नं ७ वडाध्यक्ष श्रेष्ठ सहित धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,जिल्ला ट्राफिक कार्यालय धनकुटा प्रमुख सुरेन्द्र खड्का,यूवा समाजसेवी प्रविन पोखरेल,७ नम्वर वडा कार्यालयका वडा सचिव सुमित प्रधान,समाजसेवी तथा निर्माण व्यावसायी लक्ष्मण विक लगायतले धनकुटा नगपालिका ७ नम्वर वडाले तयार गरेको ट्राफिक ऐना राखेर शुभारम्भ गरेका हुन् ।
धनकुटा नगरपालिकाको वडा नं ७ को नगरकै अत्यन्तै व्यवस्त र चहलपहल युक्त मुख्य बजार क्षेत्रमा सवारी साधनहरुलाई आवाज जावत गर्न सजिलो बनाई सवारी दुघेट्ना हुन नदिनका लागी व्यस्त मोडहरुमा ट्राफिक ऐना राखिएको वडाध्यक्ष श्रेष्ठले वताउनु भयो ।


