धनकुटाको साँगुरीगढी ९ आहाले-कटहरे- बेस्राङ सडकको काम अन्तिम चरणमा
हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी-९ आहाले, कटहरे, बेस्राङ सडकको काम अन्तिम चरणमा आइपुगेको छ।
चालु आर्थिक वर्ष ८१/८२ को बजेटले साँगुरीगढी गाउँपालिकाको विभिन्न ठाउँहरूमा धमाधम काम भैइरहेको छ। त्यसैगरी यस ९ नम्बर वडा स्थित आहाले, कटहरे, बेस्राङ सडकको चौडाई र घुम्तीहरू एकदमै साँघुरो भएको हुँदा अहिले चौडाई र घुम्ती बढाउने काम भैइरहेको ९ नम्बर वडा सदस्य देवराज राईले बताएको छ।
मलिनबोटे, खर्वनी, बेस्राङ र कटहरे आहाले हुँदै भेडेटार अथवा धरान आवतजावतमा एकदमै सहज र छिटो हुने र यी गाउँहरूबाट बिरामी भएको बेला आहाले स्वास्थ्यचौकी जान सहज भएको स्थानियहरू बताउछन्। त्यति मात्र नभएर खर्वनी, बेस्राङ र कटहरेका विधार्थीहरूलाई स्कुल, कलेज जान यो सडकको बाटो एकदमै सहज र सरल भएको हुँदा स्थानिय विधार्थीहरू खुसी देखिन्छन्।
यो सडक बिस्तार भैइसके पछि स्थानिय कृषकहरूले खास्सै दु:ख कष्ट खेप्नु नपरेको र यस ठाउँ बाट उत्पादन भएको कृषि खाधान्नहरू बेचबिखन गर्नको लागि बजार नै पुग्न नपर्ने। बिहान गाडीमा कृषि सामान हालेर पठायो, त्यसपछि बेलुका गाडी फर्किदा केही खाधान्न सामानहरू मगायो बोक्नै नपर्ने गाडीले घरैमा समान पुर्यइदिने हुँदा स्थानिय कृषक र बासिन्दाहरूको मुहारमा छुट्टै एक किसिमको चमक छ।
यो वर्षको बजेटले पुरा नभएको काम अर्को वर्षको बजेटमा पुरा गर्ने वडा सदस्य चन्द्रमाया वि. क. ले बताए।


