व्यवसायमा भएका समस्या समाधानका लागि नाई संघ धनकुटाद्धारा अन्तरक्रिया
धनकुटा । कपाल काट्ने -हेयर कटिङ_ व्यवसायमा देखिएका समस्या समाधानका विषयमा नेपाल नाई संघ धनकुटाले छलफल तथा अन्र्तक्रिया गरेको छ ।
नेपाल नाई संघ धनकुटाका अध्यक्ष सुधिर ठाकुरको अध्यक्षतमा सम्पन्न छलफलमा बोल्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले हेयर कटिङ व्यावसायीहरुको हक अधिकार र क्षमता विकासका लागि सवै एकजुट भएर अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो ।
अहिले दिन प्रतिदिन व्यापार व्यावसायहरु खस्कदै गएकाले व्यापार व्यावसायलाई राम्रो ढंगले अगाडी बढाउने लगानी र शिपको आवाश्यक्ता भएको वताउनु भयो । उहाले नाई संघका साथीहरुलाई पर्ने समस्या समाधान गर्न सहयोग गर्ने वताउनु भयो ।
त्यस्तैै नेपाल टे«ड युनियन कांग्रेस धनकुटाका अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले श्रमिकहरुको उचित सम्मान गर्नु पर्ने वताउनु भयो । छलफलमा नेपाल नाई संघ धनकुटाका उपाध्यक्ष शतिस ठाकुर,कोषाध्यक्ष सोनु ठाकुर,सदस्यहरु सुरेश ठाकुर ,ललित ठाकुर,पिकी ठाकुर लगायतका पदाधिकारी तथा सदस्यहरुले व्यावसाय संचालन गर्न विभिन्न समस्याहरु भएकाले समस्या समाधान गर्न सवैसंग सहकार्य र सहयोगका लागि अनुरोध गरे ।
धनकुटामा लामो सयम देखी हेयर कटिङ व्यावसाय संचालन गरिरहेका केही ठाकुरहरुको नागरिक्ता नभएकाले व्यावसाय दर्ता गर्न समस्या भैरहेकाले व्यावासय संचालन गर्नका लागि दर्ता गर्न सहजीकरण गर्ने लगायतका विविध विषयमा छलफल भएको थियो ।


