धनकुटाको सांगुरीगढीबाट गोली फायर गरी लागूऔषध गाँजा बोकेको ५ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

धनकुटा, पुस २४ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका-९ स्थितबाट प्रहरीले गोली फायर गरी लागूऔषध गाँजा बोकेको ५ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ ।

पुस २४ गते बिहान सवा ४ बजे लागूऔषध गाँजा बिक्रिवितरण तथा ओसार पसार भइरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी-९ स्थित कच्ची सडक खण्डमा चेकजाँचको क्रममा एक साथ आउँदै गरेको ५ वटा मोटरसाईकल रोक्ने क्रममा मोटरसाईकलमा सवार रहेका व्यक्तिहरुले प्रहरी टोलीमाथी नै हातपात तथा ढुंगामुडा प्रहार गरे पश्चात प्रहरीले SLR राईफलबाट एक राउण्ड हवाई फायर गरी ओसार पसारमा संलग्न रहेका ६ जनालाई उनिहरुले मोटरसाईकलमा बोकेको १२० किलोग्राम गाँजा सहित ५ वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा धनकुटा सहिदभुमी गाँउपालिका-१ का ३४ बर्षीय नकुल राई, २१ बर्षीय ओम प्रकाश राई, साँगुरीगढी -८ का २८ बर्षीय मंगल कुमार राई, २९ बर्षीय बिसन राई, २६ बर्षीय थाम वहादुर राई, २१ बर्षीय सुमन राई रहेकाछन भने उनिहरुले प्रयोग गरेको को. ३८ प ३५२२, प्रदेश १-०२-०५३ प ९६६३, प्रदेश १-०२-०५३ प ८६१७, प्रदेश १-०२-०४३ प ९५९६ र को. १४ प ७७५० नम्वरको मोटरसाईकल रहेको छ ।

लागूऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖