धनकुटामा आइतवार शोक बिदा
धनकुटा,पुष २६ । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाले पुष २८ गते आइतबारका दिन शोक बिदा दिएको छ ।
नपा १ को हिले बजार कार्यालयमा सरसफाइकर्मिका रुपमा कार्यरत २४ बर्षिया प्रमोद मल्लिकको निधन भएकोले उक्त दिन शोक बिदा दिइएको नपाद्वारा जारी सुचनामा उल्लेख छ ।
सिरहाको लाहान ५ घर भइ कार्यरत मल्लिकको हिजो राती पाख्रिबास ३ को जौटारमा भएको पिकअप दुर्घटनामा परि निधन भएको हो ।
उक्त दिन धनकुटा नगर कार्यपालिकाको कार्यालय तथा वडा कार्यालय शोक विदाका रुपमा बन्द रहने निर्णय भएको छ र यसवाट सेवाग्राहीमा पर्न जाने असुविधाका लागि नगर कार्यपालिकाको कार्यालय क्षमा प्रार्थी रहेको व्यहोरा यसै सूचनामा उल्लेख छ ।



