जालपादेवी माबि भूतपूर्व विद्यार्थी समाजको बिधान अधिबेशन, सम्मान तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रिबास ४ मा स्थित जालपादेवी माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजको बिधान अधिबेशन, सम्मान तथा अनुभव आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

परिचयात्मक कार्यक्रमबाट सुरु भएको अधिबेसनमा बिद्यालय चिनारी,अवस्थाबारे प्रधानअध्यापक निर्मल रिमाल र समाजको कार्ययोजनाबारे संयोजक पाण्डेले प्रष्ट पार्नु भएको थियो ।

समाजका संयोजक शम्भु प्रसाद पाण्डेको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामांग,पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुंग,नपा पूर्व प्रमुख बृष बहादुर राई,बिद्यालय ब्सावस्थापन समितिका अध्यक्ष एवं पूर्व प्रधानाध्यापक गोपाल भट्टराई लगायत बिद्यालयका पूर्व शिक्षक,बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

समाजले पूर्व बिद्यार्थी रहेर हाल देश,समाजका विभिन्न प्रतिष्ठित पदहरुमा रहेर सेवा गरेका ७ जनालाई सम्मान गरेको छ । सम्मानित ब्यक्तित्वहरुमा निरेन तामांग, ज्ञान बहादुर गुरुंग,बृख बहादुर राई,टंक बहादुर राई,गोपाल भट्टराई,राजेन्द्र बुढाथोकी र यज्ञ चापागाई रहेका छन् ।

 

जालपादेवी माबिको प्राबिधिक सहयोग तथा जालुादेवी अलुम्माई एसोसिएसन(JAA) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । समाजका सचिव नगेन्द्र बस्नेतले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तब्य समाजका सदस्य ठगेन्द्र प्रसाद अधिकारीले राख्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।