धनकुटाको बालमन्दिरमा गणेश मन्दिर निर्माण हुने
धनकुटा,२७ पुष । धनकुटा नगरपालिका ५ बालमन्दिर टोलमा गणेश मन्दिर निर्माण गरिने भएकाे छ ।
बालमन्दिर आमा समुहको अगुवाइमा निर्माण हुने मन्दिरकाे शिलान्यासका आज एक कार्यक्रमका बिच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गर्नु भएकाे छ ।
शिलान्यास कार्यक्रममा विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधी र टाेलवासीकाे उपस्थिति रहेकाे थियो ।


