साँगुरीगढीमा निर्माण गरिएका २ वटा तोपको उद्घाटन
धनकुटा,२८ पुष । धनकुटाको साँगुरीगढी गाउँपालिकाको साँगुरीगढीमा निर्माण गरिएका २ वटा तोपको उद्घाटन गरिएको छ ।
भीमदलगणका गणपति प्रमुख सेनानी गणेश थापाको संयोजकत्वमा साँगुरीगढी गाउँपालिका र विभिन्न दाताको आर्थिक तथा प्राविधक सहयोग निर्माण गरिएका २ वटा तोपको एक कार्यक्रमका विच साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई र श्री नम्बर २ वाहिनी अड्डा हिलेका वाहिनीपति सहायक रथी दिल विक्रम सुब्बाले संयुक्त रुपमा तोपको उत्घाटन गर्नु भएको थियो ।




