दलित पत्रकार संघको १० बुँदे घोषणापत्र जारी, अध्यक्षमा किशोर विश्वकर्मा चयन

धनकुटा । राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेसनबाट मोरङका किशोर विश्वकर्मा अध्यक्ष चयन भएका छन् ।

विश्वकर्माको अध्यक्षतामा १५ सदस्य प्रदेश समिति गठन गरेको छ । जसको उपाध्यक्षमा अनिता रसाइली र मेनुका विश्वकर्मा, सचिवमा राकेश नेपाली, सहसचिवमा मिन्टु दास र कोषाध्यक्षमा लीला घिमिरेलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा खेममाया शिवा, चिरञ्जिवी शंकर, नरेष खाती, भुपाल सुर्खेती, आयुष्मा शंकर, खिरालाल विश्वकर्मा, राजन ठटाल, सुनिता रसाइली लगायत छन् । त्यसैगरी निवर्तमान कोशी प्रदेश अध्यक्ष नैन विश्वकर्माको संयोजकत्वमा रणध्वज लुहार र पदम सरदार सदस्य रहेको ३ सदस्य सल्लाहकार समितिसमेत गठन गरेको छ ।

धनकुटाको छथरजोरपाटीमा सम्पन्न भएको अधिवेसन उद्घाटन कार्यक्रममा पूर्वमन्त्री राजेन्द्रकुमार राई, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडी बरिष्ठ उपाध्यक्ष गोपाल बराइली, कोषाध्यक्ष भीम घिमिरे, नेपाल पत्रकार महासंघका केशी प्रदेश अध्यक्ष भरत खड्का, महासचिव हिमा चेम्जोङ, आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) का कोशी प्रदेश अध्यक्ष सन्तविर लामा, गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदी, दलित एकता समाजका अध्यक्ष कोपिला शंकर लयायतले कोशी प्रदेशमा हुने सबैखाले विभेद अन्त्य गर्ने एकजुट हुनपर्नेमा जोड दिए ।

पत्रकारलाई अभिनन्दन र सम्मान
सो अवसरमा कोशी प्रदेशका अगुवा पत्रकार पिवी दियाली र विसे नगर्चीका लेखक दिपेन्द्र तिमल्सिनालाई अभिनन्दन गरेको छ । लामो समयदेखि विरामी रहेका पत्रकार दियाली संघको केन्द्रिय सदस्य पनि हुन् ।


त्यसैगरी सामुदायीक रेडियो प्रशारक संघ (अकोराव) को केन्द्रिय उपाध्यक्षमा निर्वाचत संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीलाई पनि सम्मान गरिएको छ । संघले नेपाल पत्रकार महासंघमा निर्वाचित कोशी प्रदेश अध्यक्ष भरत खड्का, महासचिव हिमा चेम्जोङ, सचिव अरविन्द मेहेता, प्रदेश सदस्य किशोर विश्वकर्मा, धनकुटा अध्यक्ष विदुर खवाससहित महासंघको विभिन्न जिल्लामा निर्वाचितहरुलाई पनि सम्मान गरेको छ ।

घोषणापत्र जारी
राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको प्रथम अधिवेसन १० बुँदे घोषणापत्र जारी गर्दै धनकुटामा सम्पन्न भएको छ ।

सो अधिवेसनले कोशी प्रदेशका सबै स्थानीय तहले सञ्चार नीति बनाउँदा दलितमैत्री बनाउनुपर्ने, प्रदेश सरकारले ल्याउन लागेको प्रदेश काउन्सिलमा दलित समुदायका पत्रकारको अनिवार्य सहभागीता हुनुपर्ने, प्रदेशमा कोशी प्रदेश सरकारमा दलितलाई फुल मन्त्री बनाइनुपर्ने, दलितमाथि भइरहेका विभेदको अन्त्य हुनुपर्ने लगायतका माग राखिएको छ । साथै छथरजोपाटी गाउँपालिकालाई कृषी र पर्यटनको हब बनाउन माग पनि गरिएको छ ।

संघका कोशी प्रदेश अध्यक्ष नैन विश्वकर्माको अध्यक्षतामा भएको सो अधिवेसनको सञ्चालन रणध्वज लुहार र स्वागत मेनुका विश्वकर्माले गरेकी थिइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।