पाख्रिबासमा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
धनकुटा । धनकुचा जिल्लाको पाख्रिबासमा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको पाख्रिवास नगरपालिका वडा नं.४ स्थित नपाको सभाहलमा १५ औ नगरपरिषद् कार्यक्रमको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।
नेपाली समाजमा पछिल्लो समय आत्महत्याका घट्नाहरू बढ्दै गएको अवस्थामा त्यसलाई कम गर्ने उदेश्यले जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी मनोसामाजिक तथा मानसिक स्वास्थ्यको बारेमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधीहरु साथै स्थानियवसीको सहभागिता रहेको थियो ।


