धनकुटामा माघे सङ्क्रान्तिको रौनक(फोटो फिचर)
धनकुटा । मगर समुदायले आज विभिन्न कार्यक्रमकाे आयाेजना गरि माघे सक्रान्ति पर्व भव्यताका साथ मनाएका छन् । यहि अवसरमा धनकुटाकाे हिलेमा बृहत् सांस्कृतिक कार्यक्रम आयाेजना तथा र्याली प्रदर्शन गरिएकाे छ ।
नेपाल मगर संघ जिल्ला समन्वय समिती धनकुटाकाे आयाेजना तथा एकिकृत मगर समाज धनकुटा १ हिलेकाे सहआयाेजनामा भएकाे सास्कृतिक कार्यक्रमकाे उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले गर्नु भएकाे हाे ।
नेपाल मगर संघ जिल्ला समन्वय समिती धनकुटाका अध्यक्ष ताेर्ण खपाङ्गीकने अध्यक्षतामन सञ्चालित कार्यक्रममा बाेल्ने वक्ताहरुले यस्ता कार्यक्रमहरुले भाषा, संस्कार,सस्कृति जगेर्नामा सहयाेग पुग्ने बताएकन छन् । वहुजाती, वहुभाषी समुदायकाे बसाेवास रहेकाे हाम्राे देशमा पछिल्लाे समय आफ्नाे संस्कार, सस्कृती लाेप हुँदै गएकाे वेला यस्ता कार्यक्रमहरुले नयाँ पुस्तामा संस्कार सस्कृतीबारे ज्ञान बढाउन सहयाेग पुग्ने उनिहरुले बताएका छन् ।
कार्यक्रममा मगर समुदायकाे हुर्रा, काैडा नाच, मारुनी नाच प्रदर्शन गरिएकाे थियाे ।
सांस्कृतिक कार्यक्रम अघि ताेङ्वा चाेकबाट र्याली निकालिएकाे थियाे । र्यालिले हिले बजारकाे विभिन्न भागकाे परिक्रमा गरेकाे थियाे ।
यसैवीच अहिले बेलुकी राष्ट्रिय कलाकार धिरज राई, कलाकारहरु पदम राई, याेगेश मगर,वुद्वी लिम्बू सहित स्थानिय कलाकारहरुकाे सांगितिक प्रस्तुती रहने कार्यक्रम आयाेजक नेपाल मगर संघ जिल्ला समन्वय समितीले जनाएकाे छ ।







