पाख्रिबासमा गोरु जुधाई,महालक्ष्मीका अरुण दाहालको (लासाङ) नामको गोरु प्रथम

धनकुटा । माघे सक्रान्तिकाे अवसर पारि आज धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं ७ गजेभञ्ज्याङमा विभिन्न प्रतियाेगिता सञ्चालन गरिएकाे छ ।

प्रतियाेगिता अन्तर्गत गाेरु जुधाई तर्फ धनकुटाकाे महालक्ष्मी नगरपालिकाका अरुण दाहालकाे (लासाङ) नामकाे गाेरु पहिलाे भएकाे छ । त्यस्तै पाख्रीवास नगरपालिका चुम्माङकाे युनिश विश्वकर्मा काे (हाक्से) नामकाे गाेरु दाेश्राे र चुम्माङ कै राम कुमार राईकाे (माैरे) नामकाे गाेरु तेश्राे भएका छन् ।

विजेता गाेरुका धनिहरुलाई क्रमश: ३५ हजार, २० हजार र १० पुरस्कार प्रदान गरिएकाे आयाेजक प्रगतिशिल सेवा समाजले जनाएकाे छ । साेही अवसरमा डाेरी तान्ने र पञ्जा लडाई खेल पनि खेलाईएकाे छ । यी खेलका विजेताहरुलाई पनि नगद पुरस्कार प्रदान गरिएकाे छ ।

प्रगतिशिल सेवा समाजका अध्यक्ष गाेपाल विश्कर्माकाे अध्यक्ष्तामा भएकाे प्रतियाेगिता उद्घाटन कार्यक्रमलाई पूर्व मन्त्री,सांसद तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र राई, प्रदेश सांसद ईन्द्रमणी पराजुली, पाख्रीवास नगरपालिकाका उपप्रमुख नम्रता देउजा लगायतले सम्बाेधन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।