धनकुटाको राई कुवा टोलमा सुम्निमा पारुहाङ भवनको शिलान्यास

धनकुटा । किरात राई यायोक्खा जिल्ला कार्य समिति धनकुटाले किरात यलेसम्वत यले दोङ २०८५ को दिन मगलवार जिल्ला कार्य समितिको सुम्निमा पारुहाङ भवनको धनकुटा वडा नं. ६ स्थित राईकुवा टोलमा शिलान्यास गरेको छ ।

सुम्निमा पारुहाङ धनकुटाको भवन को किरात राई यायोक्खाका केन्द्रिय सचिव अस्मिका राईले किरात राई परम्परा अनुसार किरात राई बिधिबाट शिलान्यास गर्नु भएको थियो भने सो अवसरमा किरात राई यायोक्खका धनकुटाका अध्यक्ष उद्धव मणी राई,पूर्व अध्यक्ष देवी राई ,किरात राई यायोक्खा धनकुटाका पूर्व सल्लाहकार तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले भवन शिलान्यासको पाठ वाचन गर्नु भएको थियो ।

किरात राई यायोक्खा धनकुटाका अध्यक्ष उद्धव मणी राईको अध्यक्षतामा भएको सुम्निमा पारुहाङ भवनको शिलान्यास कार्यक्रममा समाजसेवी डा. मणिकला राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा किराया धनकुटका पूर्व सल्लाहकार विजय सन्तोषी राई, समाजसेवी ज्योतीचन्द राई,किरात राई यायोक्खा धनकुटकाका पूर्व अध्यक्ष देवी राई वर्तमान उपाध्यक्ष पृर्थुराम राई,सचिव कला राई,,कोषाध्यक्ष वसन्त राई,सदस्यहरु अमृत राई,बलछारा राई, तोपेन्द्र राई,जंग राई, भुवन राई,चन्द्र राई, सनम राई ,रोशन राई,किरात खेलकुद संघ धनकुटाका अध्यक्ष आकाश राई र राई कुवा टोल वस्ती संस्थाका अध्यक्ष भुवन राई,,रविन राई,,पूर्णिमा राई,अनिता राई,चेतन राई,बिमला राई, सुनिता राई बिन्द्र राई,स्मारिका बान्तवा,टिका राई,सविना राई,ठूलेको आमा लगायतको सहभागीता थियो ।

किरात राई यायोक्खा धनकुटाले केही समय अघि देउसी तथा भैलो खेलेर र सहयोग संकलन गरेर खरिद गरेको धनकुटा नगरपालिका वडा नं. ६ स्थित राई कुवा टोलमा रहेको जग्गामा पहिलो चरणमा ६० लाख रुपैयाको लागतमा भवन निर्माण शुरु गरिएको र दोस्रो चरणमा समेत गरी जम्मा करिव एक करोड वरावरको लागतमा लगानी गरी भव्य र सुविधा सम्पन्न भवन निर्माण गरिने किरात राई यायोक्खा धनकुटाका अध्यक्ष राईले वताउनु भयो ।

भवन निर्माणका लागि केही रकम देउसी भैलो खेलेर जम्मा गरिएको र अन्य रकम सहयोगी चन्दा दाता र सम्वन्धित निकायहरु र सरोकारवाला सवैसंग अनी स्वदेश तथा विदेशमा रहनु भएका सवै सहयोगी मनहरुसंग सहयोगका लागी आव्हन गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।