धनकुटामा यसरी मनाइयो २७ औं भूकम्प सुरक्षा दिवस (फोटो फिचर)
धनकुटा,२ माघ । धनकुटामा पनि २७ औं भूकम्प सुरक्षा दिवस २०८१ मनाइएको छ ।
जिल्लाको धनकुटा नगरपालिका वडा नं.६ स्थित मदन चौकबाट प्रभातफेरी कार्यक्रम अन्तर्गत बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाहलमा पुगी भूकम्प सुरक्षा दिवस सन्दर्भमा कार्य पत्र प्रस्तुत गरिएको थियो ।
जिल्ला समन्वय समिति धनकुटा तथा जिल्ला प्रशासन कार्यालय र धनकुटाको संयुक्त आयोजनामा २७ औं भूकम्प सुरक्षा दिवसको अवसरमा’ भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ” नाराका साथ कार्यक्रम मनाइएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ,धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल ,जिल्ला प्रहरी कार्यालय धनकुटाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी,सशस्त्र प्रहरी,स्थानिय जनप्रतिनिधीहरु, विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, स्थानिय समाजसेवी,बुद्धिजिबीहरु, नेपाल रेडक्रस सोसाईटी धनकुटाका प्रमुख तथा प्रतिनिधी, स्थानिय नागरिकहरु समेतको उपस्थिति रहेको थियो ।






तस्बीर स्रोत :जिल्ला प्रहरी कार्यालय,धनकुटा


