धनकुटामा १३ बर्षिया नाबालिकालाई जबर्जस्ती करणी आरोपमा एक जना पक्राउ
धनकुटा,४ माघ ।धनकुटामा नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ५ बोधेका २६ बर्षिया सुजन खतिवडा रहेका छन् ।
खतिवडालाई गत पुष २८ गते १३ बर्षिया बालिकालाई ललाइफकाई खेतबारीमा लागि जबर्जस्ती करणी गरेको आरोप छ ।
पीडित बालिकाको दिदीले माघ ३ गते प्रहरीमा लिखित उजुरी दिएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको टोलीले पीडक खतिवडालाई घरबाटै पक्राउ गरिएको हो ।
पीडकको बारेमा थप अनुसन्धान कार्य भई रहेको र पिडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओम प्रकाश खनालले जानकारी दिनु भयो ।


