धनकुटा नगरपालिका वडा नं १ को नवनिर्मित वडा कार्यालय भवनको मेयर चिन्तन तामाङले गरे उद्घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं १ को नवनिर्मित वडा कार्यलय भवन शुक्रबार उदघाटन गरिएको छ । धनकुटा नगरपालिकाकाे मेयर चिन्तन तामाङले वडा नं १ थिङ टाेलमा निर्माण गरिएको वडा कार्यलय भवनको उदघाटन गर्नु भएको हाे ।

नवनिर्मित वडा कार्यालय भवनको  उद्घाटन गर्दै मेयर तामाङले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताउनुभयो ।

आफू निर्वाचित भएपछि नगर भित्र कृषि सड्क, बिजुली, खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य ,पर्यटन लगाएतका क्षेत्रलाई प्राथमिकता दिई काम गरेको बताउनुभयाे । हिलेबजार  थिङ टाेलमा नवनिर्मित सो भवन रु ५९ लाख लागतमा निर्माण गरिएको हो। भवन अपांग तथा जेष्ठ नागरिक मैत्रीपुर्ण  निर्माण गरिएको वडा अध्यक्ष ओङद तामाङले बताउनुभयो । साथै उहाँले यश अघि हिले बजारको बिहिवारे हटियाकाे सामुदायिक भवनबाट सेवा प्रवाह भईरहेकाेमा नवनिर्मित नयाँ भवनबाट वडाको काम सुचारु भएको जानकारी दिनुभयो ।

वडा नं १ का विभिन्न टाेलविकास समितिकाे तर्फबाट पर्शुराम खत्री , वडाका समाजसेवी वुद्विजिहरुकाे तर्फबाट कमल थिङ,हिले बजार व्यवस्थापन समिति अध्यक्ष लालचन गाेङवा, नेकपा एमाले पार्टी धनकुटा नगर अध्यक्ष अर्जुन छारा ,  उघाेग बाणिज्य संघ धनकुटाका पुर्व अध्यक्ष उमेश घिमिरे लगायतले वडा कार्यलय भवन बनेकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण वडा बासीले सहजरूपमा सेवा सुबिधा पाउने विस्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रमकाे सञ्चालन वडा सचिव लाेक बहादुर आलेले गर्नुभएको थियोे भने स्वागत मन्तव्य वडा सदस्य सुवास राणाले राख्नुभएको थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।