रोल्पाका कवि प्रेमप्रकाशको कविता संग्रह “रगतको तर्पण” को धनकुटामा चर्चा परिचर्चा

धनकुटा । पश्चिम रोल्पाका कवि प्रेम प्रकाशको कविता संग्रह रगतको तर्पणको धनकुटामा चार्चापरिचर्चा गरीएको छ । आईतबार मिसन पोएट्री आयोजनामा कवि प्रमे प्रकाशको कविता संग्रहको चर्चापरिचर्चा गरीएको हो ।

कार्यक्रममा धनकुटाका कवि तथा अग्रज व्यक्तिहरुले कविता संग्रहको चर्चापरिचर्चा गरेका थिए । वक्ताहरू धनकुटाका कवि मुकुन्द प्रयास, के.जी सुब्बा र सावित्रा राई कविता संग्रह रगतको तर्पण पुस्तकको चर्चापरिचर्चा गरेक हुन् । सङ्ग्रह भित्र भएका कवितामा कविले उठाउन खोजेको विषय वस्तु र भौगोलिक अथवा सांस्कृतिक मिथमा पूर्व र पश्चिमाको तात्विक भिन्नता रहेको वक्ताहरुले बताए । यस्तै नेपाली साहित्यमा यस सङ्ग्रह र कविको स्थान कहाँ र कस्तो स्थितिमा छ भन्न खोजीएको कवि मुकुन्द प्रयासले बताए ।

नयाँ पन र फरक स्वादको कृति पूर्वले पढ्न पाएकोमा बताउदै वक्ताहरूले अदृश्य तरिकाले पढिरहेको, सुनिरहेको रोल्पालाई केही हदसम्म बुझ्न पनि सो कृति पढ्नु बताए । यस कृतिको सबैभन्दा सुन्दर र बकबास पक्ष के छ ? उत्तम लिम्बुको अन्तिम प्रश्नको जवाफ दिदै सबै वक्ताहरूले कृति पढन लाएक र पढ्नै पर्नेको सुचीमा राख्दै । बकबास भन्ने कुनै पनि कवितामा उल्लेख नरहेको वक्ताहरुले बताए ।

यस्तै कवि उत्तम लिम्बूले सहजकतकर्ता गरेको प्रेमप्रकाशको उक्त कविता संग्रहको मुल आयोजक मिसन पोएट्री रहेको थियो भने कार्यक्रमको सह–आयोजक सम्भव समूह रहेको थियो । पूर्र्वि क्षेत्रमा रहेका र पश्चिम् रोल्पा पुग्न नसकेकाहरुलाई अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले धनकुटामा आफ्नो कविता संग्रह माथि चर्चापरिचर्चा गरीएको कवि प्रेमप्रकाशले बताए । यस्तै कार्यक्रममा धनकुटाका कवि तथा साहित्यकारहरुको उपस्थित रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।