धनकुटामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न
धनकुटा,९ माघ । धनकुटामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धि सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा जिल्लाको धनकुटा नगरपालिका वडा नं.-९ स्थित प्रहरी चौकी मुलघाट,धनकुटाको सभाहलमा हिजो सम्पन्न कार्यक्रममा स्थानिय जनप्रतिनिधी, बुद्धिजिवी तथा सवारी चालक,सह-चालकहरुको उपस्थिति रहेको थियो ।


