अनेरास्ववियु क्रान्तिकारीका सचिव प्रत्याशी भन्छन्- कमजोर विद्यार्थी आन्दोलन सशक्त तुल्याउन मेरो उम्मेदवारी

धनगढी । नेकपा माओवादी केन्द्र निकट अनेरा स्ववियु (क्रान्तिकारी)को २३औं सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदै छ।
निर्वाचन नजिकिएसँगै नेतृत्वका आकांक्षी युवा नेताहरूको दौडधुप तीव्र बढिरहेको छ। क्रान्तिकारीको भावी अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा ६ जना देखिएका छन्। उपदेश यादव, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदिन पौडेल, योगेन्द्र बुढा र विश्वमणि थापाले अध्यक्षको दौडमा देखिएका हुन्।

यहीबीच अन्य पदका प्रत्याशीले पनि आफ्नो दौडधुप बढाएका छन्। डोटीका प्रकाश जैसी सचिव पदका प्रत्याशी हुन्। उनले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आफ्ना एजेन्डा अगाडि सारेका छन्।

यस निर्वाचनबाट शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको हकहितमा थप काम गर्न आफूले सचिवमा उम्मेदवारी दिएको जैसीले बताए।

‘विद्यार्थी आन्दोलन पछिल्लो समय कमजोर बन्दै गएको छ। नेताहरू विद्यार्थीका समस्याप्रति त्यति गम्भीर देखिनु हुन्न। विद्यार्थी आन्दोलनलाई पहिलेकै गतिमा उभ्याउनु हाम्रासामू प्रमुख चुनौतीका रूपमा छ। यसलाई ऊर्जाशील तुल्याउन मैले सचिवको दाबी गरेको हुँ। पदाधिकारीमा रहेर देशभरका विद्यार्थीको हितमा काम गर्न सकिने विश्वास ममा छ,’ उनले भने।

उनले शिक्षा र स्वास्थ्य सबैका निम्ति निःशुल्क हुनुपर्ने र त्यसलाई विद्यार्थी आन्दोलनका माध्यमबाट सरकारलाई सशक्त दबाब दिइने बताए। ‘एक दशकभित्र हामीले स्वास्थ्य र शिक्षालाई पूर्णरूपमा निःशुल्क गर्न सक्नुपर्छ। नत्र शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक रूपान्तरण सम्भव हुँदैन,’ उनले भने।

उनले अहिले बाहिर जाने युवा जनशक्ति पनि ठूलो रहेकाले त्यसलाई रोक्न सक्नुपर्ने बताएका छन्। आफ्नो देशको दक्ष जनशक्तिको क्षमता देश निर्माणमै खर्चिनुपर्ने उनको धारणा छ।

युवालाई विदेश पठाउने नभई युवाले उत्पादन गरेका बस्तु निर्यात गरेर देशले आम्दानी गर्न सक्नुपर्ने जैसी बताउँछन्। ‘म डोटीमा जन्मिएको मान्छे। मैले यहाँ बसेर जतिसुकै कुरा गरेर पनि हुँदैन। परिवर्तनका लागि मूल धारको राजनीतिमा आउनैपर्छ। त्यसैले मेरो उम्मेदवारी सचिवमा हो। अपेक्षा छ, सबैको साथ पाउने छु,’ उनले भने। उनले आफूले आफू सधैँ विद्यार्थीको माझमा रहने प्रतिबद्धतासमेत जनाएका छन्।

डोटीको केआईसिंह गाउँपालिका-६ फलेडीमा घर भएका जैसी २०६९ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्। उनी अखिल क्रान्तिकारीको २०६९ सालमा गाउँकै देवस्थल माविमा अध्यक्ष भएका थिए।

त्यस यता उनी २०७१ सालमा दिल्पेस्वर उच्च माविमा इकाई कमिटी अध्यक्ष भए। २०७१ सालकै ५औं जिल्ला सम्मेलनबाट जिल्ला कमिटी निर्वाचित भएका थिए। २०७३ सालमा भएको स्ववियु निर्वाचनमा उनी डोटी बहुमुखी क्याम्पसमा सहसचिवमा विजयी भए।

त्यसपछि एमालेसँग पार्टी एकता विद्यार्थीको डोटी जिल्ला कार्यालय सदस्य भएर उनले काम गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विगठन गरेपछि आन्दोलनलाई गति दिन प्रकाशलाई अखिल डोटीको सहसंयोजकको जिम्मेवारी दिइएको थियो।

२०७७ सालमा उनी अखिलको जिल्ला संयोजक भएका थिए। जिल्लाका सबै क्याम्पस र विद्यालयमा इकाई कमिटी गठन गर्दै उनले संगठनलाई गति दिएका थिए। उनको सक्रियताले ७औं जिल्ला सम्मेलनबाट उनी सर्वसम्मत अखिलको जिल्ला अध्यक्षमा चयन भएका थिए। उनकै नेतृत्वमा ८औं जिल्ला सम्मेलन भएकोमा उनी हाल केन्द्रीय सदस्य छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।